काठमाडौँ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो।
यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदन दिने समय माघ २३ देखि माघ २७ गतेसम्म तोकिएको छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया