काठमाडौं । सरकारले अदालतलाई प्रभावपार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकारवादीहरुले विरोध प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले सोमवार बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो ।
सरकारले अदालतलाई प्रभाव पार्न गरेको दुष्प्रयास, राज्य संयन्त्रको दुरुपयोग तथा प्रधानमन्त्री तथा मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध विरोध प्रदर्शन गरेको मानव अधिकारवादीहरुले बताएका छन् ।
प्रदर्शनमा उपस्थिति भएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया