६ वर्षको चितुवा मारेर ५ जनाले खाए !

काठमाडौं । आफ्नो गुजारा चलाउनका लागि मानिसहरु जनावरको शिकार गर्छन् । केहि मानिसहरु त जनावरलाई मारेर उनीहरुको मासु खाइरहेका छन् ।

यस्तै एउटा दर्दनाक घटना भारतको इडुक्की जिल्लामा देखिएको छ । त्यहाँ पाँच जना मिलेर एक ६ वर्षीय चितुवा मारेर खाएका छन् । उनीहरुले मासु पकाएर खाएको र हड्डीहरु बेच्नका लागि जम्मा गरिरहेका थिए ।

उनीहरु जनावरको खाल बेचेर धनी बन्न चाहन्थे ।

उनीहरु लगभग १०० मिटरको जाल बिच्छ्याए र त्यसमा फसेको चितुवा मारेका थिए ।

चितुवाको तौल ५० किलो रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?