काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बुधवार) रौतहटको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिका भिड्दै छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह २ बजे शुरु हुनेछ ।
विराटनगरविरुद्ध मैदान उत्रदा चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछ । चन्द्रपुरले सोमवनर मात्र उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।
चन्द्रपुरले २ खेलमा ३ अंक जोडेको छ ।
विराटनगर भने पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले २ खेलमा १ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया