काठमाडौं । यो संसारमा मानिसहरुमा फरक फरक किसिमका शौख हुन्छन् । कसैलाई पशुपंक्षी पाल्ने शौख हुन्छ । तर त्यहि उनीहरुको माया पनि कहिलेकाँही मृत्युको कारण बन्छ । एउटा यस्तै घटना अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
एक महिलाले आफ्नो घरमा १४० वटा सर्प पालेकी थिइन् । तर उनको यो माया उनको मृत्युको कारण बन्यो । अमेरिकाको पश्चिमी राज्य इण्डियानाको अक्सफोर्डमा बस्ने महिला उनकै घरमा मृतावस्थामा फेला परिन् ।
उनको मृत्युको कारण खोज्दै जाँदा उनको गलामा सर्प पाइयो ।
३६वर्षकी लारा हर्स्ट नामकी ति महिला आफ्नै घरमा पालेको सर्पले टोकेर मृत्यु भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया