कमला अर्याल/ काठमाडौँ – कोराना भाइरस ‘कोभिड – १९’ का कारण लामो समयसम्म लकडाउन हुँदा त्यसको प्रभाव बैंकको प्रगतिमा परेको छ ।
संचालनमा रहेका कुल २७ वटा वाणिज्य बैंकहरुमध्ये २६ बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरेको छैन । वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश वाणिज्य बैंकको खराब कर्जाको दर बढेको देखिएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनिकरण गर्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । जसका कारण बैंकको कारोबार लगानी पूर्ण रुपमा प्रभावित भयो । त्यसको असर बैंकको प्रगतिमा देखिएको छ । त्यसबेला २ अर्ब रुपैँया भन्दा बढी तरलता बैंकिङ प्रणालीमा थुप्रिएको थियो । तर बैंकहरुले लगानी गर्न पाएका थिएनन् । बैंकहरुले एकातिर लगानी गर्न पाएनन् भने अर्कातिर उद्योग व्यवसाय संचालन नहुँदा ऋणीले समयमा बैंकको ऋण तिर्न सकेनन् । ऋणीलाई ऋण तिर्न पटक पटक समय थप गर्नु परेको थियो । त्यसैले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकहरुले राम्रो प्रगति गर्न नसकेका हुन् ।
‘लकडाउनकै कारण बैंकहरुले राम्रो प्रगति गर्न नसकेका हुन् ।’ नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने ।
लकडाउनका कारण व्यवसाय ठप्प हुँदा ऋणीले समयमा ऋण तिर्न नक्दा बैंकको प्रगतिमा धक्का लागेको अध्यक्ष दाहालको भनाई छ । तर पछिल्लो समय व्यवसाय संचालन भइरहेकाले अर्को त्रैमासिक विवरण सुधारिएर आउने उनको भनाई छ ।
यस अवधीमा अधिंकाश बैंकहरुको नाफा,खुद ब्याज आम्दानी तथा संचालन मुनाफा समेत घटेको देखिएको छ ।
२६ बैंकहरुले यस अवधीमा २९ अर्ब ३७ करोड ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । कोरोनाका कारण बैंकको समग्र प्रगतिमा क्षति पुगेको बैंकर्स संघले जनाएको छ ।
कसको खराब कर्जा कति ?
बैंक चालू आर्थिक वर्षको पुस गत वर्षको पुस
स्ट्याण्डर्ड चार्टर्ड १.५४ ०.१७
ग्लोबल आइएमई १.७२ १.२०
हिमालय २.१३ १.२८
माछापुच्छ्रे ०.७६ ०.४५
एभरेष्ट ०.१९ ०.१६
सानिमा बैंक ०.५८ ०.४१
कुमारी १.०६ १.०४
नेपाल बंगला देश बैंक २.३७ १.९२
एनएमबी बैंक २.३८ १.९६
सिटिजन्स बैंक २.४२ ०.९९
मेगा १.७१ १.४९
नेपाल एसबिआई १.१९ १.१७
नेपाल बैंक २.८८ २.६६
सिभिल बैंक १.७० २.६९
नबलि बैंक ०.६० ०.७५
एनआइसी एसिया ०.४३ ०.४६
कृषि विकास बैंक ३.१४ ३.९१
बैंक अझ काठमाण्डौँ १.५२ १.५४
प्रभु २.०६ ३.१२
सनराइज १.०६ १.६९
सिदार्थ बैंक १.९१ १.९१
सेन्चुरी १.६७ १.६७
लक्ष्मी बैंक ०.७६ ०.८८
के हो खराब (निष्कृय) कर्जा ?
तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जा/सापटलाई कमसल कर्जा अन्र्तगत राखिएको छ । त्यस्तै,छ महिनादेखि बढीमा १ वर्षसम्म भाका नाघेका कर्जा/सापटलाई शंकाष्पद कर्जा मानिएको छ । एक वर्षभन्दा बढी भाका नाघेका कर्जा/सापटलाई खराब कर्जा अन्र्तगत वर्गिकरण गरिएको छ ।
त्यस्तै,ऋणीले पेश गरेको लिखित कार्य योजनामा उल्लिखित आधारहरुमा ईजाजतप्राप्त प्राप्त संस्था विश्वस्त भई पूर्नतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुलाई पनि निष्कृय कर्जा भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया