काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमका फरवार्ड ह्यारी केनले चोट बोकेका छन् । बिहीवार राति प्रिमियर लिग अन्तर्गतको खेलमा केनले चोट बोकेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा केनको दुबै खुट्टाको एन्कलमा चोट लागेको थियो । लिभरपुलका जोर्डन हेन्डरसनसँग जुध्न पुग्दा उनको देब्रे खुट्टाको एन्कलमा चोट लागेको थियो ।
यस्तै लिभरपुलका थियागोको ट्याकलमा उनको दाहिने खुट्टाको एन्कलमा चोट लागेको हो । चोटका कारण उनि ४६ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
दुबै खुट्टाको एन्कलमा चोट बोकेपछि केन केहि हप्ता मैदान बाहिर रहने भएका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया