हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु !

लोकपथ
0
Shares

काठमाडौं । यस २१ औँ शताब्दीमा सोसल मिडिया (फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप) जस्ता साइटहरु एकदमै लोकप्रिय बन्दै गइरहेका छन् ।

एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भइसकेको छ । सो तथ्यांक अनुसार हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको छ ।

अझ रोचक कुरा त के छ भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जिवित मानिसहरुको तुलनामा मृत्यु भइसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर अवस्था यस्तो हुँदा पनि मृतकको फेसबुक अकाउन्ट किन डिलिट गरिँदैन त ?

कहिलेकाहीँ कुनै मृतकको फेसबुकको टाइमलाइनमा मृतकका शुभचिन्तक, साथीभाइ आदिले यस्ता शब्दहरु लेखेका हुन्छन् मानौँ त्यो व्यक्तिले तत्कालै रिप्लाई दिनेवाला छ । मरेको मानिसको टाइमलाइनमा जन्मदिन तथा कुनै विशेष दिनको शुभकामना मात्र होइन फ्रेण्ड रिक्वेस्ट समेत पठाइरहेका हुन्छन् मानिसहरु ।

मरेका मानिसका सोसल मिडिया अकाउन्टहरु डिलिट नहुँदा डिजिटल चिहान खडा भइरहेको छ । तर यसको एउटा सकारात्मक पाटो पनि छ । त्यो के भने मृतकको सम्झना जोगाइराख्नका लागि र नयाँ पुस्तालाई त्यस व्यक्तिको इतिहाससँग जोडिराख्नका लागि यो पाटो उपयोगी छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?