काठमाडौं । नयाँ गाडीमा एउटा सानो दाग लाग्दा नराम्रो लाग्छ । यहाँ त २० मिनेट अघि किनेको लेम्बोर्गिनी कारको पछाडिको भाग नै उडेको छ । सोच्नुहोस् त मालिकको हालत कस्तो भयो होला ?
बेलायतको वेस्ट वर्कसायरस्थित एमवानमा २ लाख पाउन्ड ९२ करोड ९८ लाख रुपैयाँ० पर्ने स्पोर्ट कार दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त लेम्बोर्गिनीलाई एउटा भ्यानले पछाडिबाट ठक्कर दिएको थियो
लेम्बोर्गिनी चलाएका ड्राइभरको टाउकोमा चोट लागेको छ, तर चोट सामान्य रहेको छ ।
वेस्ट योर्कसायरका प्रहरीले उक्त कारको फोटो बुधबार पोस्ट गर्दै लेखेका छन्, ‘यो एउटा कार मात्रै हो १ तर यो ब्रान्ड न्यू लेम्बोर्गिनीर्ला २० मिनेट अघि मात्रै खरिद गरिएको थियो । प्राविधिक खराबीका कारण यो लेन ३ मा नै रोकेर राखिएको थियो । त्यति नै बेला पछाडिबाट अर्को गाडीले ठक्कर दिएको थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया