काठमाडौं । भारतको पञ्जाब राज्यको मोगा जिल्लामा एउटा अनौठो घटना भएको छ । करिब एक महिनाअघि हरजिंदर सिंहको बिहे मोगा जिल्लाको रेडवा गाउँकी युवतीसँग भयो । बिहेको अघिल्लो दिन बेहुलीको परिवारको तर्फबाट सगुन आयो ।
जब विवाहको दिन बेहुला पक्ष जन्ती लिएर बेहुलीको घर पुगे त्यहाँ ढोकामा ताला लगाइएको थियो । विवाहको दिन बेहुलीको घरमा रमझम, रमाइलो, नाचगान हुनुपर्नेमा ढोकामा ताल्चा देखेर बेहुला पक्ष छक्क परे । घरमा कोही पनि थिएन । पुरै परिवार बेपत्ता थिए ।
तत्काल उनीहरुले बेहुलीलगायत उनका आमाबुबा सबैलाई फोन गरे तर कसैको पनि फोन लागेन । सबैको फोन स्वीच अफ गरिएको थियो ।
बेहुला पक्षबाट जन्ती निस्कने बेलामा बेहुलीको पहिले नै कानूनी रुपमा विवाह भइसकेको र उ नाबालिग भएका कारण उनका पतिलाई सजाय पनि दिएको खबर पाएका थिए । तर उनीहरुले त्यो कुरालाई बेवास्ता गर्दै बेहुली लिन उनको घर पुगेका थिए ।
फोन गर्दा पनि कसैको फोन नलागेपछि उनीहरुले प्रहरीमा उजुरी दिएको स्थानीय भारतीय सञ्चार माध्यमले जनाएका छन् । बेहुला पक्षले आफूहरुलाई धोका भएको भन्दै बेहुली पक्षलाई कारबाहीको माग राखेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया