भान्सामा के पाक्यो ? उमारेका गेडागुडी महत्व जान्नुहोस् !

लोकपथ
0
Shares

काठमाडौं । तपाईको भान्सामा के पाक्यो ? के तपाईले आफ्नो भान्सामा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, मेथी, सानो केराउ मिसाएर उमारेर तरकारी वा अचारको रुपमा खाने /ख्वाउने गर्नुभएको छ ? छैन भने यस्ता गेडागुडीका अचुक फाईदा थाहा पाएपछि तपाईले पक्कै पनि पकाउन थाल्नुहुनेछ ।

यस्ता गेडागुडीको मिश्रण खानका लागि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउनुपर्छ । भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक छ।

यसलाई नेपाली बोलीचालीको भाषामा क्वाँटी पनि भनिन्छ । तर क्वाटी नै नामबाट जनैपूर्णिमाको दिन खाइने भएका कारण हामी अन्य दिन वा समयमा यसको महत्व खासै खोतल्दैनौँ । यसर्थ ‘कम्प्लिट प्रोटिन’ अर्थात् पूर्ण प्रोटिन विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले शक्तिवर्धक पौष्टिक आहार हो । यस्तो आहारले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।

यसलाई पौष्टिक तत्वको भण्डार पनि भनिन्छ। टुसा अंकुरित क्वाँटी सबै उमेर समूहका मानिसलाई फाइदाजनक हुने चिकित्सक बताउँछन्। यसमा विभिन्न किसिमका पौष्टिकतत्वहरु पाइन्छन्। भिटामिन, क्याल्सियम र मिनरल्स प्रशस्त मात्रामा पाइने भएकाले बढ्दो उमेरका केटाकेटीलाई क्वाँटी राम्रो मानिन्छ।

यसको नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ। एसिडिटी तथा संक्रमणजस्ता समस्याबाट छुट्कारा मिल्छ। यतिमात्र नभएर यसले तुरुन्तै शक्ति प्रदान गर्छ भने तनावबाट मुक्त राख्छ।

क्वाँटी बनाउने विभिन्न तरिका हुन्छन्। कसैले झोल राखेर शाकाहारी स्वादको क्वाँटी रुचाउँछन् भने कसैले कुखुरा र खसीको मासुमा मिसाएर पनि क्वाँटी खाने गर्छन्। जसरी खाए पनि यसबाट फाइदै फाइदा छन्। त्यसैले क्वाँटी जनैपूर्णिमामा मात्रै होइन हरेक दिन खानु आवश्यक छ।

उमारेका गेडागुडी खानुका फाइदाहरु यस्ता छन्
१.  गेडागुडीहरु प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोटिन हाम्रो शरीरमा आवश्यक पदार्थ हो जसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने लगायतका धेरै काम गरिरहेको हुन्छ ।

२. टुसा उम्रिएको क्वाँटीमा अत्याधिक फाइबर पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्यत पुर्‍याउँछ ।

३. क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ ।

४. क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन ।

५. क्वाँटीबाट भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरस लगायतका खनिज पदार्थहरु हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ ।

६.भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने बिरामीहरुलाई क्वाँटीको झोल खुवाउन सकिन्छ जसमा आवश्यक पोषक तत्वहरु ठिक मात्रामा पाइन्छ ।

७. झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नको निम्ती बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ ।

८. प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुन मद्दत गर्छ ।

९. स्मरणशक्ति बढाउनुका साथै कपाल झर्ने समस्याबाट समेत बचाउँछ ।

१०. कोरोनाको कहरसँग जुधिरहेको यो समयमा पनि रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन बेलाबेलामा भान्सामा गेडागुडी उमारेर पकाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?