के मानिसको स्वभाव हाँसोले बताउँछ ? ‘हाँसोभित्रको रहस्य’ जान्नुहोस् !

लोकपथ
0
Shares

काठमाडौं – हास्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । भनिन्छ – जो धेरै हाँस्छ, उहि बढी बाँच्छ । यो चिकित्साविज्ञानबाट नै  प्रमाणित कुरा हो ।

हाँसो भनेको एक प्रकारको औषधि नै हो,  जसका फाइदै फाइदा छन् । हाँसो स्वास्थ्यको लागि मात्र नभई शत्रुलाई जित्ने बलियो हतियार पनि हो ।

समान्यतया व्यक्ति अनुसार, हाँसो पनि फरक – फरक हुन्छ । कोही हाँस्दा मुसुक्क मुस्कुराउँछन् भने कोही दिल खोलेर हाँस्छन् । समुन्द्र शास्त्र अनुसार, व्यक्तिको हाँस्ने शैलीका आधारमा उसको स्वभाव पत्ता लगाउन सकिन्छ ।

यसरी थाहा हुन्छ हसाईबाट मानिसको स्वभाव
१. खित्का छाडेर हाँस्ने व्यक्ति :

जो व्यक्ति दिल खोलेर अर्थात खित्का छाडेर हाँस्छन्, त्यस्ता व्यक्ति निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्य भन्दा बढी हुन्छ । यस्ता व्यक्ति निकै सहनशील पनि हुन्छन् । उनीहरुको मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । यतिमात्र होईन यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।

२. जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति
कोही व्यक्ति हाँस्दा जोड सँग आवाज निकाल्छन् । जो त्यसरी हाँस्छ त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्राय यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।

३. मन्द मुस्कानसहित हाँस्ने व्यक्ति :

जुन व्यक्ति मुसुक्क मुस्कुराएर हाँस्छन् उनीहरु निकै बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति चाँडो रिसाउँदैनन् । यीनिहरु कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् ।

४.  रोकिएर हाँस्ने व्यक्ति

केही व्यक्तिको बानी रोकिने र हाँस्ने हुन्छ । समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । तर यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी भने विशेष प्रकारको हुन्छ ।

५ मुसुक्क मात्रै हाँस्ने मानिस
यस्ता प्रवृत्तिका मानिसहरु लजालु स्वभावका हुन्छन् । सिधासोझा पनि हुन्छन् तर भित्रैबाट कुटिल हुन्छन् । यिनीहरु आफ्ना बारेमा धेरै कुरा अरुलाई जान्ने मौका नै दिँदैनन् । कम बोल्ने र रिजर्भ स्वभाव हुन्छ यीनिहरुमा । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?