महिला लिग फुटबल : एपीएफ र वालिङ भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (शनिवार) दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।

विराटनगर र चौदण्डीबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसित मैदान उत्रने छन् । विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । विराटनगर पाँचौं स्थानमा रहेको छ । तीन खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।

अर्को खेलमा एपीएफ र वालिङ नगरपालिकाबीच खेल हुनेछ । एपीएफ र वालिङबीचको खेल अपरान्ह २:३० मा शुरु हुनेछ ।

एपीएफ लगातार पाँचौं जितको खोजीमा हुनेछ । एपीएफ ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

वालिङ दोस्रो जितको खोजीमा रहेको छ । वालिङ ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?