काठमाडौं । प्रचण्ड–नेपाल समूहका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । प्रचण्ड–नेपाल समूहले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धनगढी पुगेका हुन् ।
नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपाल शुक्रवार नै धनगढी पुगेका थिए । प्रचण्ड–नेपाल समूहले धनगढीस्थित खुलामञ्चमा जनसभा आयोजना गरेको हो ।
विरोधसभामा ५० हजारको जनसहभागिता हुने प्रचण्ड–नेपाल समूहको दाबी छ।
प्रचण्ड–नेपाल समूहले विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया