काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौंथो संस्करण प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
शनिवार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।
टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।
एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए ।
यस्तै शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए ।
सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर सुन्य रनमा आउट भए ।
सन्दीप जोराले २९ रन जोड्दा भुवन कार्की ९ रनमा आउट भए ।
कमल ऐरी २, अमर रौटेला १ र अविनास बोहोरा सुन्य रनमा आउट भए ।
आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३र३ विकेट लिए । सुशन भारीले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे ।
मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३र१३ रन जोड्दा आउट भए ।
त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११र११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए ।
एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए ।
किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १र१ विकेट लिए ।
उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ । एपीएफ उपविजेता भई ५ लाखमा पायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया