काठमाडौं । स्पेनिस ला लिग फुटबलमा रियल मड्रिड पराजित भएको छ ।
शनिवार राति भएको खेलमा रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार व्यहोरेको हो ।
खेलको ९ औँ मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।
खेलको १३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए ।
खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए ।
हारसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ ।
एट्लेटिकोको ४७ अंक रहेको छ । दोस्रो स्थ्न्को रियलले २० खेलमा ४० अंक जोडेको छ । लेभान्टे २६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया