कैलालीमा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका-१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?