माघ १९ गते राति सडकमा निस्कँदै नेपाली सेना

लोकपथ
0
Shares

काठमाडौं- नेपाली सेनाको बख्तरबन्द गाडीहरु सडकमा निस्कने भएका छन् । सेनाका अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरुले चक्रपथको चक्कर लगाउने भएको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार बख्तरबन्द गाडीहरुले काठमाडौंस्थित चक्रपथको चक्कर लगाउने योजना रहेको हो ।

त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

सेनाले जनमानसमा त्रास नहोस् भनेर पूर्वसूचना दिएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?