काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिइएको घटना निन्दनीय भएको बताएका छन् ।
स्कुल अफ डेमोक्रेसीद्वारा आयोजित कार्यक्रममा नेता महरले, ‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली कांग्रेसलगायत जनतासमेत सङ्घर्षरत रहेकै बेला नेतृ सूचीसँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक रहेको छ भनेका छन् ।
विश्वको प्रजातान्त्रिक प्रणालीलाई अतिवादको बाछिटामार्फत तहसनहस पार्न भइरहेका सबैखाले घटना र परिघटनाको विरोधमा भएकासमेत नेता महरले उल्लेख गरे ।
उनले लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो सङ्घर्ष अविचलित र थकितरहित रहने बताए । सोमवार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद बैठकअघि म्यानमाको सेनाले सू चीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया