काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले चौदण्डीगढी नगरपालिकासँग भिड्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा एपीएफ र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र चौदण्डीबीचको खेल अपरान्ह २:३० बजे शुरु हुनेछ । आज एपीएफ लगातार छैटौं जितको खोजीमा रहेको छ ।
एपीएफ ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
चौदण्डी भने पहिलो जितको खोजीमा हुनेछ । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया