काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफले चौदण्डीगढी नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १२-० गोलको अग्रता बनाएको हो ।
एपीएफको लागि सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरिन् ।
यस्तै अनु लामाले ४ गोल गर्दा रेनुका नगरकोटी, अनिता बस्नेत, सरु लिम्बुले एक एक गोल गरेकी छिन् ।
एपीएफ ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
चौदण्डी भने पहिलो जितको खोजीमा रहेको छ । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया