काठमाडौं – रुघाखोकी र ज्वरो मानिसमा कुनै पनि बेला आउन सक्छ । त्यसैमाथि कोरोनाको कहर कायम रहेका कारण ज्वरो र रुघाखोकी बढ्दै गएमा मानिसलाई धेरै दिनसम्म सताउँछ । काम गर्न थकाई नै लाग्ने गरी गलाउँछ ।
वर्षायामको शुरु र अन्त्यमा, जाडोयामको शुरु रअन्त्यमा, मध्यजाडोमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएन्जाका बिरामी बढी देखिने गर्दछन् । वर्षमा एक दुईपटक रुघाखोकी ज्वरो आउनु सामान्य त हो नि भन्दै ज्वरो तथा रुघाखोकी धेरै ठूलो समस्या नमान्नेहरु पनि धेरै छन्, तर यसलाई हेलचेक्र्याइँ गर्नुहुन्न । यसले मानिसमा ठूलो समस्या पैदा गर्न सक्दछ ।
बच्ने उपायहरु :
पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौँ । ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर–दोहोर हुने कोठामा आराम गर्ने गरौँ ।
खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गरौँ ।साबुन पानीले मिचीमिची हात धुने गरौँ । आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाऔँ ।
अनावश्यक रूपमा मानिसहरूको भिडभाड भएको ठाउँमा नजाऔँ । शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बसौँ । सकेसम्म अन्य व्यक्तिहरूसँग हात नमिलाऔँ ।
ज्वरो, रुघाखोकी भएका बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔँ ।
अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौँ । नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गरौँ ।
तातो, झोलिलो खानेकुरा, दाल, सुप, प्रशस्त फलफूल खाऔँ ।
यो पनि पढ्नुहोस् :
कसरी बढाउने ‘ईम्युनिटी पावर’, खानैपर्छ यी कुरा !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया