काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लबले शानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो ।
यससँगै एपीएफले लिगमा लगातार छैटौं जित हात पारेको हो । एपीएफले ६ खेलमा १८ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा यथावत रहेको छ । चौदण्डीको यो लगातार छैटौं हार हो ।
अंक विहीन रहेको चौदण्डी पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया