काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सोमवार उदयपुरको चौदण्डीगढी नगरपालिकाको पोस्टमा साविक विजेता एपीएफले २२ गोल गर्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । सावित्रा राष्ट्रिय टिमका मुख्य खेलाडी हुन् ।
तर किन चौदण्डीले यस्तो लज्जास्पद हार व्यहोर्यो त ?
एपीएफविरुद्ध चौदण्डीले स्ट्राइकर अन्जना थुलुङलाई गोलपोस्टको जिम्मेवारी दिएको थियो ।
नियमित सहित ३ गोलरक्षक घाइते भएपछि चौदण्डीका प्रशिक्षक दिपक थापाले स्ट्राइकर अन्जनालाई गोलपोस्ट सम्हाल्ने जिम्मेवारी दिएका थिए ।
जसको कारण पनि एपीएफलाई चौदण्डीको पोस्टमा गोलको वर्षा गर्न सहज भयो ।
‘प्लेईङ सेटका खेलाडी घाइते छन् । स्ट्राइकरलाई गोलरक्षकको भूमिका दिनु पर्यो । फर्वाडबाट आएर पनि उनले राम्रो खेल्यो,’ प्रशिक्षक दिपकले भने ।
अन्जना टिमका मुख्य फरवार्ड हुन् । नियमित सहित ३ गोलरक्षक घाइते भएपछि स्ट्राइकर अन्जनाले गोलपोस्ट सम्हालेको र आफुले सकेको गोल रक्षा गरेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया