व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै बालुवाटारमा धर्ना

लोकपथ
0
Shares

काठमाडौं । सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् ।

आज (मंगलवार) बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संगठित रुपमा संघर्षमा उत्रिएका हुन् । लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको प्रक्रिया पुरा गरेर पनि पर्यटकलाई एराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुर्नकर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरी शर्माले बताए ।

मौद्रिक नीति सबैमा समान प्रकारले लागु गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरी व्यवसायीलाई काम गरेर खाने वातावरण बनाइदिन माग गरिएको छ । मंगलवार र बुधवार शान्तिपूर्ण धर्ना गर्ने र माग पुरा नभए कडा रुपको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?