काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले जित हात पारेको छ । मंगलवार राति भएको खेलमा आर्सनल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको ३२ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा आर्सनल १० खेलाडीमा समेटियो ।
उक्त पेनाल्टीमा रुबेन नेभेसले सहज गोल गरे । त्यसपछि खेलको ४९ औं मिनेटमा जोआ माउटिन्होले गोल गर्दै उल्भ्सलाई २-१ को जित दिलाए ।
यस्तै खेलको ७२ औं मिनेटमा बेर्नाड लिनोले रातो कार्ड पाएपछि आर्सनल ९ खेलाडीमा समेटिएको थियो । जितसँगै उल्भ्सले २२ खेलमा २६ अंक जोडेको छ । उल्भ्स १४ औं स्थानमा रहेको छ ।
आर्सनल ३१ अंक जोडेर दशौँ स्थानमा रहको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया