प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । मोरङमा प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ८ थान गरी जम्मा १ लाख ४ हजार भारतीय रुपैयाँ सहित झापा दमक नगरपालिका-९ पाडाँजुगी बस्ने ३१ वर्षीय अजय बलकोटिलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउदै गरेका अजयलाई अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?