काठमाडौँ – आफ्नो देशको रुपैयाँ बाहेक अरू देशका मुद्राहरू विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ ।
हरेक देशका लागि विदेशी मुद्रा अत्यन्त महत्वपूर्ण हुन्छ । विदेशी मुद्रा धेरै सञ्चित भएमा देशलाई फाइदा हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ ।
हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दछ । यदि विदेशी मुद्राको अभाव भयो भने विदेशबाट वस्तु तथा सेवा किन्दा भुक्तानी गर्न कठिनाइ पर्दछ । जसले गर्दा मुलुकको अर्थतन्त्र सङ्कटमा पर्न सक्ने संभावना हुन्छ ।
कुनै पनि मुलुकमा भित्रिएको समग्र विदेशी विनिमयको संकलन गर्ने र व्यवस्थापनको काम त्यहाँको केन्द्रिय बैंकले गर्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो । त्यसैले नेपालको सन्दर्भमा राष्ट्र बैंकले त्यस्तो काम गर्छ । विदेशी मुद्रा राज्यको सम्पत्ति भएकाले त्यस्को हिफाजत पनि राज्यले नै गर्नुपर्छ । यसको जथाभावी प्रयोग गर्न केन्द्रीय बैंकले रोक लगाउनुपर्छ ।
विदेशी मुद्राको दुरुपयोग गरेमा कानून बमोजिम कारबाही हुने व्यवस्था छ ।
विदेशी विनिमय ऐन २०१९ अनुसार ‘विदेशी विनिमय’भन्नाले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेका चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, क्रेडिटकार्ड, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र सम्झनुपर्छ र सो शब्दले बैड्ढले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य जुनसुकै मौद्रिक उपकरण समेतलाई जनाउँछ ।
त्यस्तै,विदेशी विनिमय कारोबार भन्नाले विदेशी विनिमय खरिद बिक्री गर्ने, ऋण लिने, दिने वा अन्य कुनै तरिकाले विदेशी विनिमय लिने, दिने कार्य सम्झनु पर्छ र सो शब्दले बैड्ढले विदेशी विनिमय सटही स्वीकृति दिने कार्य समेतलाई जनाउँछ ।
राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ७ मा यस्तो छ व्यवस्था
विदेशी विनिमय व्यवस्थापन : विदेशी विनिमयको व्यवस्थापन बैंकले गर्नेछ । यस्तो व्यवस्थापन गर्न बैंकलाई देहाय बमोजिमको अधिकार हुनेछ :
क. विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्तिलाई यस ऐन वा अन्य प्रचलित कानूनको अधीनमा रही इजाजतपत्र जारी गर्ने ।
ख. इजाजतपत्र प्राप्त व्यक्तिबाट गरिने विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्नका लागि नियम तथा विनियम बनाउने, आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्ने ।
ग. इजाजतपत्र प्राप्त व्यक्तिको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने ।
घ. ईजाजतपत्र प्राप्त व्यक्तिको कारोबारको आधार, सीमा तथा शर्त निर्धारण गर्ने ।
ङ. नेपाली रुपैयाँको विदेशी विनिमय दर निर्धारण पद्धती तोक्ने ।
विदेशी विनिमय कारोबारको विवरण :
१. बैंकले ईजाजतपत्र प्राप्त व्यक्तिलाई विदेशी मुद्रा सटही तथा सो सम्बन्धी सञ्चालनको बिस्तृत विवरण बैंकमा पेश गर्न लगाउने छ । त्यस्तो बिबरण पेश गर्नु पर्ने अवधि, ढाँचा र तत्सम्बन्धी अन्य कागजात बैंकले समय समयमा तोके बमोजिम हुनेछ ।
विदेशी विनिमयको कारोबार :
१. बैंकले विदेशी विनिमय,सुन तथा बहुमूल्य धातु खरिद वा बिक्री गर्न सक्नेछ ।
२. बैंकले उपदफा ९१० बमोजिम गर्ने खरीद बिक्री स्पट, अग्रिम विनिमय दर, स्वाप, अप्सन वा यस्तै प्रकारका अन्य उपकरण, नगद वा कुनै पनि विनिमेय अधिकारपत्रको माध्यमबाट गर्न सक्नेछ ।
३. बैंकले दफा ६६ को उपदफा (१) को प्रयोजनको लागि विदेशी विनिमय खरिद वा बिक्री गर्न सक्नेछ । त्यस्तो खरिद, बिक्री स्पट, अग्रिम विनिमयदर, स्वाप, अप्सन वा यस्तै अन्य उपकरणको आधारमा समेत गर्न सक्नेछ ।
४. बैंकले विदेशी मुद्राहरुको खरिद बिक्री दर कायम गरी कारोबार गर्नेछ । यसरी कारोबार गर्दा गरिने कारोबारको आधार, सीमा तथा शर्त बैंकले तोके बमोजिम हुनेछ ।
विदेशी विनिमय सञ्चिती :
१. बैंकले विदेशी विनिमय संचितिको परिचालन गर्नेछ । यस्तो संचिति सम्बन्धित विदेशी विनिमयमा अंकित हुनेछ र यस्तो संचितिमा देहायको सम्पत्ति समावेश हुनेछ
क. बैंकले जिम्मा लिएको वा बैंकको खातामा रहेको सुन तथा बहुमूल्य धातु ।
ख. बैंकले जिम्मा लिएको वा बैंकको खातामा जम्मा रहेको विदेशी मुद्रा ।
ग. बैंकको नाममा विदेशी केन्द्रीय बैंक वा अन्य विदेशी बैंक खातामा रहेको विदेशी मुद्रा ।
घ. बैंकको नाममा अन्तर्राष्ट्रिय मुद्रा कोषमा जम्मा रहेको स्पेशल ड्रइड्ड राईट्स (एस.डि.आर) ।
ङ. बैंकको जिम्मामा रहेको विदेशी विनिमयमा भुक्तानी हुने गरी कुनै ऋणी वा दायित्वकर्ताले जारी गरेको विनिमयपत्र, प्रतिज्ञापत्र, बचत ऋण पत्र, बण्ड तथा अन्य ऋण सुरक्षण ।
च. तत्काल वा फेरि खरिद गर्ने गरी विदेशी बैंक वा अन्तर्राष्ट्रिय वित्तीय संस्थासंग वा ती संस्था जमानी बसेको र भबिष्यमा खरिद गर्ने गरी बैंक तथा अर्को पक्ष बीच विदेशी विनिमयमा भुक्तानी हुने गरी भएको सम्झौता ।
२. बैंकले उपदफा १ बमोजिमको सम्पत्तिको चयन गर्दा बैंकको पुँजी र तरलताको सुरक्षालाई ध्यानमा राखी अधिकतम आम्दानी हुने किसिमले गर्नु पर्नेछ ।
३. बैंकले मौद्रिक तथा विदेशी विनिमय नीति कार्यान्वयन गर्दा अन्तर्राष्ट्रिय कारोबारमा शिघ्र भुक्तानीको लागि आवश्यक पर्ने यथोचित अन्तर्राष्ट्रिय संचिति कायम गर्नु पर्नेछ ।
४. अन्तर्राष्ट्रिय संचितिको मात्रा घटेको वा घट्ने अवस्थामा पुगेको कारणबाट मौद्रिक तथा विदेशी विनिमय नीति कार्यान्वयन गर्दा अन्तर्राष्ट्रिय कारोबारमा शीघ्र भुक्तानीको प्रकृयामा प्रतिकुल असर पर्न जाने आशंका बैंकलाई लागेमा बैंकले अन्तर्राष्ट्रिय संचितिको वर्तमान स्थिति,सो घटेको र घट्नुको कारणका साथै सो को रोकथाम गर्न अपनाउनु पर्ने उपाय समेत खुलाई नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नेछ ।
५. उपदफा ४ बमोजिमको स्थितिमा सूधार नआएसम्मको लागि बैंकले आवश्यकता अनुसार थप सूझाव सहितको प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष पेश गर्नेछ ।
६. उपदफा १ बमोजिमको विदेशी विनिमय संचितिलाई बैंकले आफ्नो वासलातमा देखाउनेछ ।
सुन तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्ने
१. बैंकले नेपाल सरकारको स्वीकृति लिई कुनै निश्चित प्रयोजनका लागि सुन तथा विदेशी मुद्रामा अंकित कुनै एक वा एक भन्दा बढी प्रकारको ऋणपत्र जारी गर्न सक्नेछ ।
२. उपदफा १ बमोजिम जारी गरिने ऋणपत्रको किसिम, अवधि, साँवा, ब्याजको भुक्तानी तथा अन्य कुराहरु बैंकले तोके बमोजिम हुनेछ ।
अन्तर्राष्ट्रिय क्लियरिङ्ग र भुक्तानी सम्झौता :
बैंकले आफनो खाता वा नेपाल सरकारको निर्देशन बमोजिम सरकारी खाताको लागि विदेश स्थित सार्वजनिक वा निजी केन्द्रीय क्लियरिड्ड संस्थासँग क्लियरिङ तथा भुक्तानी सम्झौता गर्न सक्नेछ । बैंकले यस्तो सम्झौताको उद्देश्य कार्यान्वयन गर्नको लागि आवश्यक अन्य सम्झौता समेत गर्न सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया