प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बन्द सफल बनाउन काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानलाई ‘आर्क’ तोकेको छ भने त्यसका लागि कमाण्डर तोकेको छ ।
जसअनुसार कलङ्कीमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कमाण्डर तोकिएको प्रचण्ड–नेपाल समूहले बताएको छ ।
यस्तै बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ , पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल,
नारायणगोपाल चोकमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल , बालाजुमा रघुजी पन्त तथा रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा कमाण्डर तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया