काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल घरेलु मैदानमै पराजित भएको छ । बुधवार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
लिभरपुलविरुद्ध ब्राइटनलाई जित दिलाउन स्टेभेन अल्जाटेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा स्टेभेनले निर्णायक गोल गरेका थिए ।
यस हारसँगै लिभरपुलको उपाधि होड समेत कमजोर बनेको छ । लिभरपुलले २२ खेलमा ४० अंक जोडेको छ । लिभरपुल चौंथो स्थानमा रहेको छ ।
ब्राइटन २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया