काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा इतिहासकै ठूलो जनसभा गरिएको दावी गरेका छन् । शुक्रवार राजधानीको नारायणहिटी संग्राहलय अगाडि भएको जनसभालाई सम्बोधन गर्दै ओलीले आज आफूहरुले गरेको जनसभा काठमाडौंमा भएको इतिहासकै ठूलो भएको दावी गरे ।
उनले भ्रम् फिजाउने तत्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंशा गरे । उनले आफूहरुको जनसभा विथोल्न कतिपय ठाउँमा प्रचण्ड–नेपाल समूहले बम राखेर विप्लव लेख्ने काम भएको पनि दावी गरे । यस्तै जनसभा विथोल्नकै लागि हिजो हड्ताल भएको पनि दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया