काठमाडौं । केन्याको नैरोबी एयरपोर्टबाट एक कार्गो प्लेन टर्की र ब्रिटेन हुँदै नेदरल्याण्ड्स पुग्यो । यस क्रममा प्लेनले ८ हजार किलोमिटरको यात्रा गर्यो ।
प्लेनको ल्याण्डिङ गियरमा १६ वर्षका एक युवक लुकेर यो यत्रा गरे । अहिले उनी नेदरल्याण्ड्सको मस्त्रिख्त शहरको एक अस्पतालमा उपचाररत छन् । स्टफ डट को डट एनजीले यसको बारेमा बताएको छ ।
रिपोर्टका अनुसार बुधवार केन्याको नैरोबीबाट एयरबस ए३३० कार्गो फ्लाइटले टेकअफ गर्यो । तर कसरी ती १६ वर्षीय केन्याका युवक ल्याडिङ गियरमा पसे थाहा हुन सकेको छैन ।
उनको नशा ड्यामेज भएको बताइएको छ । उनको नाम भने बताइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया