सुनसरीमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । सुनसरीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?