काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १-० गोल अन्तरले पराजित भएको हो ।
वालिङलाई जित दिलाउन मेथो रुथले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यामरुनी खेलाडी रुथले निर्णायक गोल गरिन् ।
जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ७ खेलमा ११ अंक जोडेको छ ।
पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया