काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । आइतवार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४९ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए । ६३ औं मिनेटमा लिभरपुलका सलाहले पेनाल्टीमा गोल गर्दै खेललार्ई बराबरीमा ल्याए ।
खेलको ७३ औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४-१ को सहज जित दिलाए । जितसँगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ ।
यस्तै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडविरुद्ध ५ अंकको अग्रता समेत बनाएको छ ।
लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ । चौंथो स्थानको लिभरपुल सिटी भन्दा १० अंकले पछि रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया