काठमाडौं । विज्ञानको यो युगमा असम्भव केहि पनि छैन ।
हरेक क्षेत्रमा विज्ञानले उल्लेख्य प्रगति गरिरहेको छ । उसले असम्भवलाई पनि सम्भव बनाएको छ । विश्वमा धेरै त्यस्ता अनौठा रहस्य छन् जसको बारेमा हामीलाई थाहा छैन । एउटा यस्तै स्थानको विषयमा तपाईलाई हामी बताउनेछौँ ।
यो एक ज्वालामुखी द्वीप हो । यो द्वीपबाट रातमा आकाशगंगाको सबै दृश्यावलोकन गर्न सकिन्छ । यसको नाम हो आओगाशिमा । यो फिलिपिन सागरमा स्थित जापानको एक ज्वालामुखीय द्वीप हो ।
यो जापानको राजधानी टोकियोबाट ३५८ किलोमिटर टाढा दक्षिणमा रहेको छ । यसको क्षेत्रफल ८.७५ वर्ग किलोमिटर रहेको छ । त्यहाँ आज पनि १७० जना मानिस बस्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया