काठमाडौं । राम्रो फलाउनको लागि विभिनन पारम्परिक तरीका अपनाइन्छ । तर बिरुवा ठूला बनाउनको लागि रातको समयमा खेतमा डान्सिङ लाइट लगाउने बारेमा सायदैले सुन्नुभएको होला ।
नेदरल्याण्ड्सको स्टूडियो रोसेगार्दे फर्मले केहि दिनअघि एक फरक तरीकाको प्रयोग गर्यो ।
फर्ममा खेतमा बिरुवाको साथमा लाखौँ डान्सिङ एलईडी लगाएर प्रकाश छरेको छ ।
कृषि विशेषज्ञका अनुसार यो विशेष तरिकाको लाइट बिरुवाको विकासमा सहयोग पुर्याउँछ ।
यस्तो गर्नुको कारण त्यहाँ चिसो मौसम जहिल्यै भइराख्छ ।
त्यसैले त्यहाँ सूर्यको प्रकाश त्यति पर्न सक्दैन । जसका कारण यसको प्रयोग गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया