काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमवारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन शुरु गरेको छ ।
कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमवारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन शुरु गरिएको हो । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ ।
कोभिड-१९ विरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन् । फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् ।
पत्रकारहरुल फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समुहका व्यक्तिहरुलाई पनि छिटोभन्दा छिटो कोभिड १९ विरुद्धको खोप दिन सरकारलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया