धनगढी, टेक सिँह धामी । कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा पक्राउ परेका वडासदस्यविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
उनकी प्रेमिका अञ्जिता चौधरी सदस्यकै घरमा आइतवार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
वडा अध्यक्ष चौधरीलाई हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले आइतवार नै नियन्त्रणमा लिएको थियो ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि चौधरीले अर्की युवतीसँग विहे गरेपछि विवाद भएको थियो । अञ्जिताको परिवारले उनलाई वडा सदस्यको घरमा शनिवार छाडेको थियो । दुवै पक्षसँग छलफलपछि उनलाई पत्नी बनाएर राख्न वडा सदस्यले स्वीकारेको प्रहरीले भनेको छ ।
यो पनि पढ्नुहोस् : जनप्रतिनिधिको घरमा प्रेमिका मृत भेटिइन्
कैलालीमा युवती मृत्यु प्रकरण : वडा सदस्य पक्राउ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया