काठमाडौं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) मा आरती राणालाई नियुक्त गरेको छ ।
संचालक समितिको मिति २०७७ माघ २६, सोमवार बसेको बैठकको निर्णय अनुसार राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेकी थिइन् ।
एसआइबिएम भारतको पुनेबाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर शुरु गरेकी थिइन् ।
एभरेष्ट बैंकमा पाँच वर्ष सेवा गरेपश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा काम गरेकी छन् । उनले ग्लोबल आइएमई बैंकमा १२ वर्ष काम गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया