काठमाडौं । एनएमबी बैंक लिमिटेडले वि एण्ड वि अस्पतालमा एटिएम तथा विस्तारित सेवाको शुरुवात गरेको छ ।
वि एण्ड वि मा उपचारका लागि आएका बिरामीहरुलाई सहजता प्रदान गर्ने उदेश्यले बैंकको एटिएम तथा विस्तारित सेवा शुरुवात भएको हो ।
उक्त सेवाको शुरुवात बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वि एण्ड वि बोर्डको तर्फबाट डा सुरज वैद्यले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बैंकका कर्मचारीहरु साथै वि एण्ड वि का तर्फबाट डा. रिना वैद्य, विवेक श्रेष्ठ, चेतना विष्ट लगायतको उपस्थिती रहेको थियो ।
बैंकको हाल देशभर १८० शाखा कार्यालयहरु, १३६ एटिएम, ९ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया