काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, बित्तिय तथा विमा समिति विस्तार भएको छ ।
समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता रहेका छन् ।
समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनिल नारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी रहेको महासंघले जनाएको छ ।
त्यसैगरी समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, संदिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिका प्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण रहेका छन् ।
समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तिय तथा बीमा समिति महासंघको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझावहरू संतुलित र गहन हुनुपर्ने बताए ।
“बैंक तथा वित्तिय निकायहरू बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने कुरा निर्विवाद छ, हामीले हाम्रा सुझावहरू तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनु पर्छ“ । अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैकिङ्ग, कर राजस्व, श्रम लगायतका समस्याहरूलाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालिन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी गराए । इकाई साधन स्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही इकाई मार्फतनै समाधान गरि उद्यमी व्यवसायीहरूलाई राहत दिने हाम्रो लक्ष्य छ,अध्यक्ष गोल्छाले भने– “यसमा हामी छिट्टै “मुभ” हुन्छौँ” । अध्यक्ष गोल्छाले नेपालमा बीमा व्यवसाय तुलानात्मक रूपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनु पर्ने पनि बताए । विमा व्यवसाय हेर्ने नियामक निकायसंग बसेर यस विषयमा छलफल आवश्यक रहेको पनि उनको जोड थियो । समितिले आफना कार्यहरू गर्दा यी सबै इस्यूहरूमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैकिङ्ग क्षेत्रबीच तनावको अवस्था समेत आउने गरेका विगतका यथार्थता हामी सवैका सामुन्ने रहेकाले समितिले अत्यन्त सोच बिचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने र समितिले दिने सुझावबाट मुलुकभित्र वित्तिय र उद्योग व्यसाय दुवै क्षेत्र फस्टाउने वातावरण बन्नुपर्नेमा जोड दिए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिलाई शुभकामना दिनुहुंदै समितिले तयार गर्ने सुझावहरू साना ठूला सवै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिन सके त्यो बढी फलदायी हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया