काठमाडौं । संसारमा हरेक मानिसको शौख अनौठो र फरक किसिमको हुन्छ ।
कोहि भने कसैले दिएको च्यालेनजलाई पूरा गर्नको लागि यसो गर्छन् । एउटा यस्तै घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । यो भाइरल समाचार अमेरिकाको हो ।
अमेरिकाका एक ४७ वर्षीय व्यक्तिले खुर्सानी खानुनै घातक सिद्ध भएको छ ।उनले अरुले दिएको च्यालेन्ज पूरा गर्नका लागि उनले खुर्सानीले भरिएको बर्गर खानुपर्ने थियो ।
उनले बर्गर त खाए तर त्यसको असरको रुपमा उनलाई केहि समयपछि उल्टी हुन थाल्यो ।
उल्टीका कारण उनको घाटीमा यति धेरै प्रेशर बढ्यो कि उल्टी गर्दागर्दै उनको घाटी प्वाल पर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया