सामाजिक सञ्जाल : छाडा प्रवृत्ति मौलाएको ठहर गर्दै सरकारले ल्याउँदै छ निर्देशिका

लोकपथ
0
Shares

काठमाडौं – सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका – २०७७’ ल्याउने भएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना प्रविधि एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन् ।
‘पछिल्लो दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा प्रवृत्ति मौलाउँदै गएको छ। सम्मानित संस्थाप्रति उत्तेजक अभिव्यक्ति आएको र त्यसलाई केही जिम्मेवार सञ्चारमाध्यमले समेत प्रसारण गरेको पाइएको छ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?