बजेटको अर्धवार्षिक समिक्षा : आकार घट्यो !

लोकपथ
0
Shares

काठमाडौँ – सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको अर्धबार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको हो । सरकारले बजेटको आकार १ खर्ब ३० अर्ब रुपैँया घटाएको हो ।

बजेटको आकार करिब ९ प्रतिशतले घटेको हो । मन्त्रालयले चालू आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान सार्वजनिक गरेको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको थियो ।

बजेटको अर्धवार्षिक समिक्षा गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा निर्वाचनको खर्च, ‘कोभिड – १९’ विरुद्धको खोप खर्च, अनिवार्य दायित्व तथा पूर्व सहमतिका ठूला आयोजनाहरुको दायित्वलाई मध्यनजर गरी राखिएको बताए ।

सरकारले चालूखर्च ९ खर्ब ४८ अर्ब ९४ करोडबाट घटाएर ९ खर्ब १४ अर्ब ७८ करोडमा र पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोडबाट घटाएर २ खर्ब ८३ अर्ब ४ करोडमा झारिएको अर्थमन्त्री पौडेलले बताए । उनका अनुसार वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ८९ करोडको बजेटको आकार घटाएर १ खर्ब ४६ अर्ब ८६ करोडमा झारिएको छ ।

सरकारले राजश्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड र वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब जुटाउने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?