कन्ट्याक लेन्स लगाउनुहुन्छ ? यस्ता कुरा ख्याल गर्नुहोस्

काठमाडौं । आँखा निकै संवेदनशील अंग हो । सामान्य कुराहरुमा ध्यान नदिँदा पनि आँखाको दीर्घकालिन समस्या देखिन सक्छ । चश्माको वैकल्पिक प्रयोगका लागि विकाश गरिएको कन्ट्याक लेन्स अहिले सुन्दरताको सामाग्रीको रुपमा पनि प्रयोग हुन थालेको छ । चश्मा लगाउन हिचकिचाउनेहरुका लागि यो निकै उपयोगी सिद्ध भएको छ ।

सुन्दर र आकर्षक देखिन कन्ट्याक लेन्सको प्रयोग गर्ने होड नै चलेको छ । तर यसको उचित प्रयोग गर्न नजानेमा भने यसले आँखामा ठूलो असर पुर्याउने प्रबल सम्भावना रहन्छ । त्यसैले पनि आँखामा लेन्सको प्रयोग गर्दा निम्न कुराहरुमा ध्यान दिनु जरुरी छ ।

  • लेन्सको प्रयोग गर्दा धुवाँ धुलोमा नहिड्ने, हिँड्नै परे आँखालाई धुलोबाट जोगाउने
  • अन्य व्यक्तिको लेन्स प्रयोग नगर्ने
  • राती सुत्दा लेन्स अनिवार्य रुपमा निकाल्ने
  • डाक्टरको सल्लाहबिना कुनै पनि किसिमको कस्मेटिक लेन्सको प्रयोग नगर्ने
  • डाक्टरको सल्लाह अनुसार मात्रै लेन्सको प्रयोग गर्ने

एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?