काठमाडौं । लक्ष्मी बैंकले आयोजना गरेकोुमाई मोबाईल मनि भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।
फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो ‘CrowdSourcing’ प्रतियोगिता हो । यस अघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागी हरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।
‘माई मोबाईल मनि’ प्रतियोगितामा भने ५ वटा विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येक शिर्षकमा ३ मिनट सम्मको १-१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा रु ५०,००० गरी कूल रु २,५०,००० सम्म जित्ने अवसर रहेको थियो ।
भिडियो हेर्न् याँहा थिच्नुहोस्
प्रतियोगितामा विभिन्न क्षेत्रहरुबाट २ सय ५० भन्दा बढी भिडियो प्रस्तुत भएकोमा दुईवटा भिडियोलाई बिजेता घोषणा गरिएको छ।
प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।
प्रतियोगिताका विजेताहरु :
१) बिल भुक्तानी :
लकेश दंगल, विराटनगर र मन्दिप बखुन्छे, भक्तपुर
२) बिल भुक्तानी :
विकास त्रपाठी, पोखरा
३) कार्ड सेवा :
सन्तोश शाक्य, काठमाडौं
४) कार्ड रहित नगद निस्काषन :
भुवन तिवारी, भरतपुर
५) नगद ट्रान्स्फर :
छेवाङ गुरुङ, मुस्ताङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया