काठमाडौं । संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको जनसभा भृकुटीमण्डपमा शुरु भएको छ ।
काठमाडौंका विभिन्न ५ ठाउँहरुबाट निकालिएको जुलुस भृकुटीमण्डपमा जम्मा भएका छन् ।
काठमाडौंको माइतिघर, लैनचौर, पुल्चोक, जमल, कुपण्डोल लगायतका क्षेत्रबाट जुलुस शुरु भएको थियो । भने उक्त जुलुस सुन्धरामा पुगेर मुल जुलुसमा परिणत भएको थियो ।
आजको विरोध सभालाई उक्त पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
प्रचण्ड-नेपाल पक्षको जनसभाका कारण काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । जुलुस तथा जनसभाको लागि ठुलो संख्यामा स्वयमसेवक परिचालन गरिएको छ ।
तस्वीरहरु हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया