काठमाडौं । म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत दार्जिलिङ घर भई हाल म्याग्दी मालिका गाउँपालिका-६ दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय
प्रकाश क्षेत्रीलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रीले ती बालिकालाई गत बिहीवार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको
प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया