व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउन भूमिका निर्वाह गर्नुहोस : अध्यक्ष गोल्छा

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यको सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यहरू ओम प्रकाश बंशल, शिव प्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ रहेका छन् ।

समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमल सुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्य समिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सहसचिव पशुपति देव पाण्डे छन् ।

त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य देव कुमार श्रेष्ठ, ललितपुर उवासंघका कार्य समिति सदस्य रुपेन्द्रराज शाक्य, पोखरा उवासंघका उपाध्यक्ष अर्जुन पोखरेल,नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेल, देउखुरी उवासंघका अध्यक्ष रत्न श्रेष्ठ,नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल, उर्लावारी उवासंघका अध्यक्ष प्रितम खडगी, स्याङजा उवासंघका मानार्थ सदस्य भिमकुमार श्रेष्ठ, नेपाल फ्रेटफरवाडर्स एसोसिएनका सचिव राजेन्द्र संग्रौला, काभ्रे उवासंघका उपाध्यक्ष राजेन्द्र पसाछें हुनुहुन्छ । समितिका सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू आनन्द अग्रवाल बगाडिया, भरतराज आचार्य, शाहिल अग्रवाल, संदिपकुमार अग्रवाल र नेपाल भारत व्यापार तथा पारवहन परियोजनाका हिमाल थापा रहेका छन् ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । त्यसका लागि समितिले महत्वपूर्ण इस्यूहरूमा सरोकारवाला निकायहरूसंग समेत सल्लाह सुझाव लिई सरकारमा लवी गर्न सुझाव दिए । विशेषगरी मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाई मध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौती लगायतमा समितिले आफूलाई विशेषरुपमा केन्द्रित गरी कार्य गर्न पनि अनुरोध गरे ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको परम्पराकाल देखिनै व्यापार व्यवसायको भूमिका माथि प्रकाश पार्दै नेपालको आन्तरिक तथा अन्तराष्ट्रिय व्यापारलाई सहज र सरल बनाउन समितिको विशेष भूमिकाको खाँचो औल्याए ।

तत्पश्चात समितिका सभापति वैद्यको अध्यक्षतामा बसेको पहिलो बैठकले व्यापार तथा आपूर्ति सहजिकरण सम्बन्धमा संबन्धित निकायसंग समन्वय गरि आवश्यक कार्यहरू गर्ने, व्यापार तथा आपूर्तिसंग सम्बन्धित ऐन कानूनहरूका बारेमा पैरवी गर्ने र व्यापार समितिका तर्पmबाट उद्योग वाणिज्य महासंघको भिजन पेपरका लागि धारणा तयार गर्ने निर्णय गरेको छ ।

महासंघको वैदेशिक रोजगार फोरम विस्तार : 

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेकोे सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने रहेका छन् ।

फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरु¨, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ छन् । फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरु¨, सुजित कुमार श्रेष्ठ, नवराज के.सी. र नरेन्द्र ढकाल हुन् ।

नवगठित फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मुल्यांकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए ।

वार्षिक करिव ९ खर्वको हाराहारीमा भित्रिने व्रिपेषणले मुलुकको अर्थतन्त्रमा निकै ठुलो योगदान पुर्‍याएको छ । अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाई दिदी बहिनीहरू वाध्य छन् । यो क्षेत्रलाई अझबढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पुर्‍याउन सकियोस भनेर महासंघले फोरम गठन गरेकाले फोरमले वैदेशिक रोजगारीका समग्र इस्यूहरूमा परिणामदायीरूपमा काम गर्न सुझाव दिए ।

महासंघको रोजगारदाता परिषदका सभापति एवं पदेश उपाध्यक्ष रामचन्द्र संघाईले फोरमको सफलताको कामना गर्नुहुंदै विशेष गरी फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूसंग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूका वारेमा अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?